बतास समूहले माग्यो लगानी र क्षतिपूर्ति, दियो सबै सम्झौता खारेज गर्न चेतावनी 

बतास समूहले माग्यो लगानी र क्षतिपूर्ति, दियो सबै सम्झौता खारेज गर्न चेतावनी 

अध्यक्ष आनन्द राज बतासले विज्ञप्ति निकालेर सरकारले सबै सम्झौता खारेज गरे पनि कुनै आपत्ति नरहने उल्लेख गरेका छन्। बतास अर्गनाइजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेको छ। 

नारायणहिटी सङ्ग्रहालयका संरचना भत्काएकोमा बतास समूहले कुनै एक मन्त्रीको मौखिक आदेशमा करोडौँका संरचनाहरू क्षणभरमा नै भत्काइएको उल्लेख गरेको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायलाई निरुत्साहित गर्ने गरी आक्रमण भएको बतासले आरोप लगाएको छ। 

बतासले तथ्यहरू तोडमोड गर्ने र प्राप्त प्रमाणहरूलाई समेत गलत ढङ्गले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेस गर्ने खालका कार्यहरू कतिपय सञ्चार माध्यममा प्रकट भएको आरोप पनि लगाएको छ। 

नारायणहिटी दरबार सङ्ग्रहालय क्याफेरियाको भाडा मासिक २ लाख २१ हजार ६१३ रुपैयाँ तिर्ने सम्झौता भएको बतासले निकालेको विज्ञप्तिमा लेखिएको छ। छानबिन समितिले सरोकारवालासँग केही सोधखोज नगरी एकतर्फी रूपमा पूर्वाग्रह भएर प्रतिवेदन सार्वजनिक गरेको बतास अर्गनाईजेशनले उल्लेख गरेको छ। 

उसले नेपाल भारतमैत्री पशुपति धर्मशाला, पाटन दरबार क्षेत्र, गण्डकी कृषि सामाग्री केन्द्र, अक्सिजन प्लान्ट र सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माणका सम्बन्धमा भएको सम्झौताबारे पनि उल्लेख गरेको छ।

पुष २८, २०७८ बुधबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।