सुन तोलाको ९२ हजार रुपैयाँ

काठमाडौँ : सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार छापावाल सुन तोलाको ९२ हजार रुपैयाँ तोकेको छ।
मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ बुधबार तोलामा पाँच रुपैयाँले बढेर १२३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
पुष २८, २०७८ बुधबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।