एमाले दैलेखमा ३१ मत फर्जी, रद्द भयो निर्वाचन

काठमाडौं : नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनमा मतदाता सङ्ख्या भन्दा ३१ मत धेरै खसेको छ। मुचुल्का उठाउँदा ७१७ मत खसेकोमा गणना गर्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको एमालेको निर्वाचन कमिटीले जनाएको छ।
खसेको मतका आधारमा बनाइएको मुचुल्का भन्दा ३१ मत फर्जी खसेको भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो।
यस्तै एमालेको कास्कीमा भएको निर्वाचनबाट अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङ प्रतिस्पर्धी दामोदर वैरागीलाई ४९ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्। बिसी प्रतिस्पर्धी डन्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गरेर अध्यक्षमा निर्वाचित भएका एमालेको निर्वाचन कमिटीले जनाएको छ।
पुष २८, २०७८ बुधबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।