लोक सेवाले माग्यो नायब सुब्बा पदको दरखास्त

काठमाडौं : लोक सेवा आयोगले नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको छ। बुधबार आयोगले सूचना निकालेर राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा पदका लागि दरखास्त आव्हान गरेको हो।
विभिन्न सेवा समूहका लागि दुई सय भन्दा धेरै खुला तथा समावेशी पदमा दरखास्त आव्हान गरेको आयोगले निकालेको सूचनामा लेखिएको छ।
माघ १८ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आयोगको अनलाइन http://psconline.psc.gov.np मा गएर फारम भर्न सकिने आयोगले जनाएको छ।
दरखास्त दिन महिला तथा अपाङ्गता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
पुष २८, २०७८ बुधबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।