देशका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना 

देशका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना 

काठमाडौं : प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भूभागका थोरै स्थानमा हल्का हिमपात हुने अनुमान विभागले गरेको छ।

विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। 

विभागका अनुसार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक देखि सामान्य बदली रहने छ। 

पुष २८, २०७८ बुधबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।