माधव नेपाललाई कोरोना सङ्क्रमण 

माधव नेपाललाई कोरोना सङ्क्रमण 

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सोमबार गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको उनको निजी सचिवालयले जानकारी दिएको छ। 

कोरोना सङ्क्रमण भएपछि अध्यक्ष नेपाल होम आइसोलेसनमा बसेका छन्।

यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री देवेन्द्र पौडेल कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन्। 

पुष २७, २०७८ मंगलबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।