पर्यटन मन्त्री आले चढेको गाडी दुर्घटना

धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।
महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट कञ्चनपुर जानेक्रममा मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडिलाई बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए।
गाडीमा क्षति भए पनि मन्त्री आले सकुशल छन्। दुर्घटना लगत्तै मन्त्री आले अर्को गाडी प्रयोग गरेर महेन्द्रनगर पुगेका छन्।
गाडीमा सवार सबै सकुशल रहेका अधिकारीले बताए। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पुष २७, २०७८ मंगलबार २१:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।