एमाले प्रदेश अधिवेशनको मिति सर्‍यो 

एमाले प्रदेश अधिवेशनको मिति सर्‍यो 

काठमाडौँ : नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सारेको छ। माघ ८ मा गर्ने तय भएको प्रदेश अधिवेशन कोरोना सङ्क्रमण बढेपछि माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले देशैभर जारी जिल्ला अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास भइरहेको जनाएको छ। एमालेले जिल्ला अधिवेशन लगत्तै प्रदेश अधिवेशनको तयारी गरेको थियो।

अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा प्रदेश अधिवेशनको मिति माघ २८ र २९ गतेका लागि सारिएको एमालेले जनाएको छ। 

पुष २७, २०७८ मंगलबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।