धनगढीमा ११ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ 

धनगढीमा ११ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ 

धनगढी : प्रहरीले लागू औषधसहित कैलालीको धनगढीबाट एक जनालाई पक्राउ गरेको जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट ११ ग्राम लागू औषध (ब्राउन सुगर) सहित सोही ठाउँका २७ वर्षीय अशोक पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। 

पक्राउ परेका पालमाथि थप अनुसन्धान भइरहेको अधिकारीले बताए। 

पुष २७, २०७८ मंगलबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।