नारायणहिटी सङ्ग्रहालयमा बतास : कारबाहीमा पर्ने डरले राजीनामा दिएका दाहाल उम्कन नपाउने

नारायणहिटी सङ्ग्रहालयमा बतास : कारबाहीमा पर्ने डरले राजीनामा दिएका दाहाल उम्कन नपाउने

काठमाडौँ : नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पद रिक्त भएको छ।

भेषनारायण दाहालले राजीनामा दिएसँगै कार्यकारी निर्देशकको पद रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए। 

बतास समूहले सङ्ग्रहालयभित्र बनाइरहेको क्याफेटेरियाको विषयमा छानबिन गर्न गठित समितिले दाहाल समेतको मिलेमतो रहेको प्रतिवेदन बुझाएपछि उनले मंगलबार राजीनामा बुझाएका थिए। राजीनामा दिएसँगै पद रिक्त भएको सचिव न्यौपानेले बताए। 

‘पदबाट हटाउने कारबाही गर्नु परेन,’सचिव न्यौपानेले उकेरासँग भने,‘बतास समूहसँगको संलग्नतामा दोषी देखिए अरू कानुनी कारबाही हुन्छ।’ राजीनामा दिँदैमा कार्यकारी निर्देशक दाहाल उम्कन नपाउने सचिव न्यौपानेले बताए। 

बतासबारे उकेराको सामाग्री

पुष २७, २०७८ मंगलबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।