प्रधानसेनापति शर्मा : पुस ३० गतेसम्म बिदा स्वीकृत, २७ गते नै स्वदेश फिर्ता

काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। उपचारका लागि भारत गएका सेनापति शर्मा मंगलबार स्वदेश फर्किएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
उनी मन्त्रिपरिषद्को निर्णय अनुसार पुस १८ देखि ३० गतेसम्मको बिदा लिएर उपचार गराउन भारत गएका थिए।
३० गतेसम्मको बिदा स्वीकृत गराएर भारत गएका सेनापति शर्मा तीन दिन अगाडी नै फर्किएका हुन्।
उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए।
प्रधानसेनापति शर्माले आजैदेखि कार्यभार सम्हालेका निर्देशनालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
पुष २७, २०७८ मंगलबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।