बर्दियामा एक लाख ८२ हजार नगद सहित १० जना जुवाडे पक्राउ

बर्दियामा एक लाख ८२ हजार नगद सहित १० जना जुवाडे पक्राउ

बर्दिया : बर्दिया बाँसगढी नगरपालिका बड्की देउडास्थित दुलीचन थारुको घरको कोठामा हारजित हुने गरी जुवा खेलिरहेका १० जना पक्राउ परेका छन्।

जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ८२ हजार ४५० सहित जुवा खेलाउने घरधनी दुलीचन थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीले दुलीचन थारु सहित रामचन्द्र भन्ने आईतवारी थारु, श्याम प्रसाद थारु, रामकुमार थारु, भागीराम कुमाल, सिताराम थारु, उपेन्द्र खड्का, मोहम्मद अलि, मनोज कुमार थारु र रवीन्द्र सापकोटालाई पक्राउ गरिएको प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले जानकारी दिए। 

उनका अनुसार उनीहरुविरुद्ध जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ। 

पुष २७, २०७८ मंगलबार १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।