मन्त्री रेग्मीले भनिन्, पश्चिमा संस्कृतिको प्रभाव बढ्यो 

मन्त्री रेग्मीले भनिन्, पश्चिमा संस्कृतिको प्रभाव बढ्यो 

उनले पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरिन्। काठमाडौँमा आयोजित हिमालय अन्तर्राष्ट्रिय अवार्ड वितरण कार्यक्रममा मन्त्री रेग्मीले संस्कृति नेपालको पहिचान भएकोले कलाकर्मी लगायत सबै नागरिकले यसको जगेर्ना गर्न विशेष जोड दिनुपर्ने बताइन।

‘सरकारले आफ्नो संस्कृतिलाई विशेष महत्त्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक बिदा समेत दिने गरिएको छ,’मन्त्री रेग्मीले भनिन्,‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढी देखिएकोले हाम्रो मौलिकता नै हराएर जाने त होइन भन्ने चिन्ता भएको छ।’

उनले यसका लागि सबै सचेत हुन अनिवार्य रहेको उल्लेख गरिन्।

पुष २७, २०७८ मंगलबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।