एमाले कैलालीको अध्यक्षमा दोहोरिए थापा, चन्द ४ मतले पराजित

एमाले कैलालीको अध्यक्षमा दोहोरिए थापा, चन्द ४ मतले पराजित

थापाले २८७ मत पाएका छन भने चन्दले २८३ मत पाए। यस्तै उपाध्यक्षमा दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने उनका प्रत्यासी सीताराम बुढाथोकीले २०९ मत पाए।

सचिवमा डेजी पाण्डे २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी दानबहादुर विकले २६० मत पाएका छन्।

उपसचिवमा घोडाघोडी नगरपालिकाका मेयर समेत रहेका ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्। कैलालीमा सहमतिबाट नेतृत्त्व चयन नभएपछि निर्वाचन भएको थियो।

पुष २७, २०७८ मंगलबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।