एमाले अधिवेशन: डोटी अध्यक्षमा मल्ल, लमजुङमा अधिकारी

डोटीः नेकपा एमाले डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल चयन भएका छन्। पार्टीको आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
उनी यसअघि पनि एमाले जिल्ला अध्यक्ष थिए। यस्तै उपाध्यक्षमा मञ्जु मलासी, सचिवमा शेरबहादुर मल्ल, उपसचिवद्वयमा कृष्णबहादुर खडका र तेजबहादुर डुम्रेलले जिम्मेवारी पाएका छन्।
यता लमजुङ जिल्लाको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका छन्। अन्य पदाधिकारीमा उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मत चयन हुँदा उपसचिवमा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित भए। यो पदमा चार जनाको उम्मेदवारी परेको थियो।
पुष २७, २०७८ मंगलबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।