तरकारी बोकेको भ्यान दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

सिन्धुलीः जिल्लाको गोलन्जोर गाउँपालिका- ७ मा गएराति तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चालक सहित दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका-९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुनकुमार साह रहेका छन्। ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार दुर्घटनामा चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका-१ मौवाहीका २८ वर्षीय सन्तोषकुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका-५ का २१ वर्षीय पवन महरा घाइते भएका छन्।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रदेश३–०१–०२४च ४२७६ नम्बरको भ्यान गएराति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो।
पुष २७, २०७८ मंगलबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।