देशभर बदली: सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा वर्षा

देशभर बदली: सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली हुने जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।

हाल प्रदेश नं १ र २ लगायत पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पुष २७, २०७८ मंगलबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।