एमालेको ५२ जिल्लामा सर्वसम्मत अध्यक्ष निर्वाचित

काठमाडौँ : नेकपा एमालेले ६४ जिल्लामा भएका अधिवेशन मध्ये ५२ जिल्लामा सर्वसम्मत अध्यक्ष चयन भएको जनाएको छ। झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत र डोल्पामा शेरबहादुर बुढा एमालेको जिल्ला अध्यक्ष बनेका छन्।
यस्तै सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल र मोरङमा ऋषिकेश पोखरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका एमालेले जनाएको छ।
काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा, अर्घाखाँचीमा पीताम्बर भुसाल, खोटाङमा रामप्रसाद दंगाल, कपिलवस्तुमा डम्मर शर्मा र सप्तरीमा ताराकान्त चौधरी एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा, नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकलाल श्रेष्ठ र तेह्रथुममा तेजमान कन्दङ्गवा जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
रुपन्देहीमा तेजेन्द्र केसी, रामेछापमा आनन्द श्रेष्ठ, डडेलधुरामा प्रकाश साउद, गोरखामा प्रेम गुरुङ, म्याग्दीमा देवेन्द्र केसी, भोजपुरमा शरण राई, बैतडीमा सुरेन्द्र पाल र जुम्लामा शान्तिलाल महत एमालेको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै काठमाडौँमा दीपक निरौला, लमजुङमा कृष्ण अधिकारी, ललितपुरमा पुरुषोत्तम आचार्य, बागलुङमा हिरा केसी, सिन्धुलीमा कुमार बहादुर कार्की, इलाममा महेश बस्नेत, पाँचथरमा राजकुमार भण्डारी, पर्वतमा राजु पौडेल, प्युठानमा विजय बिराज विष्ट र सोलुखुम्बुमा डुफकुमार बास्तोला जिल्ला अध्यक्ष निर्वाचित भएका एमालेले जनाएको छ।
उदयपुरमा परमेश्वर घिमिरे, दोलखामा नर बहादुर श्रेष्ठ, डोटीमा चक्र मल्ल, ओखलढुङ्गामा शङ्कर कटुवाल, विशेष जिल्ला कमिटी अन्तर्गत मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेषमा उमेश ढकाल निर्वाचित भएका छन्।
पुष २६, २०७८ सोमबार २२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।