इन्जा पुरस्कारका लागि आवेदन आव्हान

काठमाडौँ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले सामुदायिक पत्रकारिता पुरस्कारका लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरूबाट निवेदन आह्वान गरेको छ।
इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्ष भरी प्रकाशित र प्रशारित सामग्रीको आधारमा योग्य सञ्चारकर्मी उम्मेदवारको सिफारिस गर्न सञ्चारसँग सम्बन्धित विभिन्न सङ्घसंस्था, सञ्चार जगत, पाठक समुदाय वा स्वयं उम्मेदवारलाई आह्वान गरेको छ।
इन्जाले यसै वर्षबाट ग्लोबल नेपाली सञ्चार प्रतिष्ठानको अवधारणा अनुसार सञ्चारमा परिष्कृत र बौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता बौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको जनाएको छ।
नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहाँको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुगेका अर्थ विज्ञ स्व. डा. सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी शोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरूलाई सोध वृत्तिको रूपमा दिइने इन्जाले जनाएको छ।
यी पुरस्कारको राशि हरेक विधामा १ हजार अमेरिकी डलर रहेको छ। साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिस्पर्धामा सहभागी हुन वा सिफारिस गर्न इच्छुक पत्रकारहरूले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरूको लिङ्क वा भिजुअल प्रति इञ्जाको अफिसियल इमेल
यी सबै पुरस्कारहरू आगामी मार्च १ मा काठमाडौँमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इञ्जा मुख्यालयले जनाएको छ।
पुष २६, २०७८ सोमबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।