प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ 

प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

प्रधानमन्त्री देउवाको आज गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री देउवासहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो।

पुष २६, २०७८ सोमबार २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।