शिक्षा मन्त्री पौडेललाई कोरोना सङ्क्रमण, भेटघाट बन्द 

शिक्षा मन्त्री पौडेललाई कोरोना सङ्क्रमण, भेटघाट बन्द 

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

रुघा र सामान्य खोकी लागेपछि सोमबार बिहान पीसीआर परीक्षण गराएका शिक्षामन्त्री पौडेलमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ। 

पौडेल अहिले होम आइसोलेसनमा बसेका छन्। पौडेलको सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न उनको निजी सचिवालयले अनुरोध गरेको छ। मन्त्री पौडेलले पूर्वनिर्धारित र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरेका छन्। 

पुष २६, २०७८ सोमबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।