एमालेको कैलाली अधिवेशनमा मतगणना सुरु

एमालेको कैलाली अधिवेशनमा मतगणना सुरु

धनगढी : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म भएको मतदानमा ५८९ मत खसेको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमल्सिनाले जानकारी दिए। 

उनका अनुसार अहिले पार्टी कार्यालयमा मतगणना भइरहेको छ। एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्।

पाटीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिमका सहइञ्चार्ज कर्ण थापाले अध्यक्षमा थापालाई सहयोग गरेका छन् भने एमाले उपाध्यक्ष भीम रावल, कैलाली इन्चार्ज नारदमुनि राना, झपट रावल, लीला भण्डारी, कमला वली, दीपक देवकोटा लगायतका नेताले चन्द प्यानललाई सघाएका छन्।

पुष २६, २०७८ सोमबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।