विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षाहरू नरोकिने

काठमाडौँ : विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू नरोकिने भएका छन्।
देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा भोलि मंगलबारदेखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयले पूर्व निर्धारित परीक्षा भने नरोक्ने भएको हो।
जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी परीक्षाहरू सञ्चालन गर्न मन्त्रालयले भनेको छ।
मन्त्रालयले सूचना निकालेर माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोप कार्ड अनिवार्य रूपमा साथमा राख्ने प्रबन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउनु पर्ने मन्त्रालयको सूचनामा लेखिएको छ।
मन्त्रालयले सबै शिक्षण संस्थाहरूले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सव जस्ता सार्वजनिक समारोहको कार्यक्रम आयोजना गर्न रोक लगाएको छ।
यस्तै माघ १ गते मनाइने राष्ट्रिय योग दिवस सार्वजनिक भेला वा समारोह नगरी भर्चुअल माध्यमबाट मनाउने मन्त्रालयले निर्णय गरेको छ।
पुष २६, २०७८ सोमबार २०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।