कोरोना सङ्क्रमणपछि भारतीय रक्षा मन्त्री सिंह होम आइसोलेसनमा 

कोरोना सङ्क्रमणपछि भारतीय रक्षा मन्त्री सिंह होम आइसोलेसनमा 

एजेन्सी : भारतका रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना सङ्क्रमण भएको छ। सिंह कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत  कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको, सामान्य लक्षण पनि देखिएको र अहिले होम आइसोलेसनमा रहेको जानकारी दिएका छन्। 

रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन्।

भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्कले देखाएको छ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन्।  

भारतमा अहिलेसम्म चार हजार ३३ जनामा ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन्। 

पुष २६, २०७८ सोमबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।