वन कुखुरा मार्न जाँदा मृत्यु भएका मनोज: ज्यानसम्बन्धी कसुरमा ६ जना पक्राउ

पक्राउ पर्नेहरूमा आँधिखोला गाउँपालिका- १का २७ वर्षीय सूर्य बन्ने भीमबहादुर सुनार, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धनबहादुर विक, २४ वर्षीय गोविन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामी र १८ वर्षीय किशोर रहेका छन्।
मनोजसहित यी ६ जनै अवैध भरुवा बन्दुक लिई वन कुखुरा मार्न जाँदा पुस २० गते राति गोलीको छर्रा लागि मनोजको घटनास्थलमै मृत्यु भएको थियो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक थान एकनाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाई समेत बरामद गरेको छ।
उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।
पुष २६, २०७८ सोमबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।