एमाले अधिवेशन: इलाममा बस्नेत, बागलुङमा केसी निर्वाचित

बस्नेतले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका हुन्। यस्तै उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ, उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन्।
गए राति सम्पन्न मतगणनाबाट पदाधिकारी चयन भएको हो।
यता एमाले बागलुङका अध्यक्ष केसीले प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गरेका हुन्। केसीले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाए। अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत चयन भएका छन्। उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए। थापाले २९९ र श्रीसले २२८ मत प्राप्त गरे।
पुष २६, २०७८ सोमबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।