नारायणहिटीमा रेष्टुराँ बनाउने 'बतास'को पक्षमा कमल थापा

आनन्दराजको 'बतास समूह' यतिबेला चर्चामा छ। नारायणहिटी सङ्ग्रहालय परिसरभित्र अवैधरूपमा रेष्टुराँ बनाउने, पशुपतिको धर्मशालालाई होटल बनाउने, मानहुँकोटमा सरकारी जग्गा भाडामा लिएर रिसोर्ट लगायतका संरचना बनाउने लगायतका कामका कारण बतासको सर्वत्र चर्चा भएको हो।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएको 'बतास समूह'को हर्कतमाथि यतिबेला सुनपानी छर्किन आएका छन् कमल थापा। बतासविरुद्ध चौतर्थी हमला भइरहेको भन्दै थापा उनको बचाउमा उत्रिएका हुन्।
'आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ। भित्री रहस्य थाहा छैन। मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्', कलम थापाले लेखेका छन्।
राजतन्त्र र हिन्दू राज्यको वकालत गर्ने कमल थापा नै तत्कालीन राजदरबार र पशुपतिको धर्मशाला मास्ने समूहको बचाउमा उत्रिएपछि यतिबेला सामाजिक सञ्जालमा उनीमाथि व्यङ्ग्य गर्न थालिएको छ।
यस्तो छ कमल थापाको ट्वीट:
आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन
— Kamal Thapa (@KTnepal) January 10, 2022
पुष २६, २०७८ सोमबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।