काठमाडौंको बिजुलीबजार र मीनभवनमा दुर्घटना: दुई जनाको मृत्यु

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको हो। विपिन बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरूसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा अचानक सडकमा निस्कदा उक्त घटना भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ।
गए राति पौने ११ बजे भएको सवारी दुर्घटनालगत्तै टिपरसहित फरार भएका चालकको खोजी भइरहेको छ।
यस्तै काठमाडौंकै मीनभवनअगाडि सडकमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतम रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो। जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई बागमती प्रदेश-०२-०३१प ७५६२ नम्बरको मोटरसाइकलले हिजो साँझ साढे ६ बजे ठक्कर दिएको हो।
मोटरसाइकलसहित चालकलाई प्रहरी वृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ।
पुष २६, २०७८ सोमबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।