काजकिस्तानको सरकारविरोधी आन्दोलनमा १६४ को मृत्यु

काजकिस्तानको सरकारविरोधी आन्दोलनमा १६४ को मृत्यु

यस्तै करिब ६ हजार जना पक्राउ पनि परेका छन्। काजकिस्तानको राष्ट्रपति कार्यालयका अनुसार पक्राउ परेका अधिकांश विदेशी राष्ट्रका नागरिक रहेका छन्।

इन्धनको मूल्य बढेको कारण भएको प्रदर्शन विशाल दंगामा परिणत भएको थियो। जनवरी २ बाट भएको आन्दोलनमा सरकार र पूर्वराष्ट्रपति नुरसुल्तान नजरबएवको विरुद्धमा आवाज उठेको थियो।

आन्दोलनले विशाल रूप लिएपछि रुसबाट समेत सेना झिकाइएको थियो।

पुष २६, २०७८ सोमबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।