राप्तीसोनारीमा बाघ आतंक, तीन महिनामा चार जनाको गयो ज्यान

राप्तीसोनारीमा बाघ आतंक, तीन महिनामा चार जनाको गयो ज्यान

बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चादनी थारुको मृत्यु भएको थियो। बिहीबार राप्तीसोनारी-४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो। यस्तै राप्तीसोनारी–१ गाभर र नरैनापुरमा अन्य दुई जनाको पनि मृत्यु भएको थियो।

स्थानीयका अनुसार पछिल्लो एक साता यता बाघले घाँसदाउरा गर्न जङ्गल गएका मानिस र पशु चौपायालाई आक्रमण गरिरहेको छ।

बाँके राष्ट्रिय निकुञ्जले यहाँ तीन दिनदेखि दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन पनि गरेको छ। तर बाघ नियन्त्रणमा आउन नसक्दा स्थानीयमा त्रास बढेको राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारु बताउँछन्।

पुष २६, २०७८ सोमबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।