मौसम अपडेट: सुदूरपश्चिम र कर्णालीमा वर्षा

यतिबेला कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रहेको छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
पुष २६, २०७८ सोमबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।