मेगा बैङ्ककी सिइओ अनुपमालाई उत्कृष्ट अवार्ड 

मेगा बैङ्ककी सिइओ अनुपमालाई उत्कृष्ट अवार्ड 

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरूलाई धन्यवाद दिइन्। अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै सिइओ खुञ्जेलीले यसको श्रेय मेगा बैङ्कका संस्थापक, सर्वसाधारण शेयर धनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरूमा जाने बताइन्। 

सिइओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैङ्कको प्रथम महिला सिइओ हुनुहुन्छ । उहाँकै नेतृत्वमा मेगा बैङ्कले प्रतिष्ठित ‘बैङ्क अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो। उनी स्थापनाकालदेखि नै मेगा बैङ्कमा कार्यरत छिन्।स्थापनाको एक दशकमै मेगा बैङ्क अहिले नेपालकै एक अग्रणी बैङ्कका रूपमा स्थापित छ। 

सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैङ्क अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कबाट करिअर गरेकी खुञ्जेलीसँग ३० वर्षको बैङ्किङ क्षेत्रको अनुभव छ। 

पुष २५, २०७८ आइतबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।