पाकिस्तानमा हिमपातमा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

एजेन्सीः उत्तरी पाकिस्तानमा भएको भीषण हिमपातमा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ। पछिल्लो केही दिन यता जारी हिमपातमा परी सयौँ विस्थापित समेत भएका छन्।
मृत्यु हुनेमा स्थानीय प्रहरी, उनका श्रीमती र ६ जना छोराछोरी समेत रहेका छन्। यस्तै अर्को पाँच जनाको परिवारको पनि मृत्यु भएको छ।
हिजो मात्र हिउँ खेल्न पुगेका २१ जनाको हिउँले थिचेर गाडीभित्रै मृत्यु भएको थियो। यस्तै एक लाखभन्दा बढी सवारी साधन बाक्लो हिउँमा अलपत्र परेका थिए।
हाल पाकिस्तान सरकारले हिउँले अवरुद्ध बाटो खुलाउन र फसेकाहरूको उद्धार गर्न थुप्रै सङ्ख्यामा सेना परिचालन गरेको छ। हिमपात प्रभावित उत्तरी शहर मुर्रेलाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ।
पुष २५, २०७८ आइतबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।