१५ दिन शैक्षिक संस्था बन्द गर्न माग

१५ दिन शैक्षिक संस्था बन्द गर्न माग

काठमाडौंः नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५ दिन शैक्षिक संस्था बन्द गर्न माग गरेका छन्। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने उनले बताएका हुन्।

थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ अन्तरक्रियामा उनले बालबालिकालाई कोरोनाको खतराबाट बचाउनुपर्ने भन्दै विद्यालय बन्द गर्न माग गरेका हुन्। 

“हामीले १८ वर्षमुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ। भारतमा सङ्क्रमण तीव्ररूपमा फैलिएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ”, उनले भने।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष समेत रहेका महरले कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएको पनि बताएका थिए। 

पुष २५, २०७८ आइतबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।