७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

भोजपुरः सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर विष्ट रहेका छन्।
उनलाई शनिबार पक्राउ गरिएको हो। भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष २५, २०७८ आइतबार ११:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।