एमाले अधिवेशन: सप्तरीमा चौधरी, मोरङमा पोखरेल

काठमाडौंः नेकपा एमालेको जारी जिल्ला अधिवेशनबाट नेतृत्त्व चयन भइरहेको छ। यहीक्रममा सप्तरी जिल्लामा सर्वसम्मतरूपमा ताराकान्त चौधरी अध्यक्ष चयन भएका छन्।
चौधरी यसअघि पनि एमाले जिल्ला अध्यक्ष थिए। यस्तै १३१ सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ। कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन भएका छन्।
यता मोरङ जिल्ला अध्यक्षमा ऋषिकेश पोखरेल चयन भएका छन्। अध्यक्ष पदमा उनीबाहेक अरू कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
यस्तै अन्य पदाधिकारीमा उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध निर्वाचित भएका छन्।
पुष २५, २०७८ आइतबार ११:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।