एमाले कपिलवस्तुमा निर्वाचनबाट टुंगियो अध्यक्षसहितको पदाधिकारी

एमाले कपिलवस्तुमा निर्वाचनबाट टुंगियो अध्यक्षसहितको पदाधिकारी

बुटवलः नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन्। नवौं जिल्ला अधिवेशनमा निकटम प्रतिस्पर्धी बाबुराम खनाललाई हराउँदै शर्मा विजयी भएका हुन्।

सर्वसम्मत नेतृत्त्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनमार्फत कमिटी चयन गरिएको थियो। अध्यक्षमा निर्वाचित शर्माले २ सय ३८ मत प्राप्त गरे भने प्रतिस्पर्धी बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन्। थारुले ३ सय ४५ मत प्राप्त गरे भने थारुका प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरेका छन्।

सचिवमा विश्व कार्की निर्वाचित भए। उनका प्रतिस्पर्धी सिवी गहतराजलाई पाँच मतले हराउँदै कार्की सचिवमा निर्वाचित भएका हुन्। कार्कीले १ सय ७९ मत प्राप्त गरे भने गहतराजले १ सय ७४ मत प्राप्त गरे। यस्तै अर्का प्रतिस्पर्धी भेषराज पाण्डेले १ सय ६३ मत प्राप्त गरेका छन्।

उपसचिवमा अर्जुन केसी १ सय ३१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धीहरू विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत प्राप्त गरे।

पुष २५, २०७८ आइतबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।