तनहुँमा बिहानै पिकअप दुर्घटना: चालकको मृत्यु

तनहुँः जिल्लाको व्यास नगरपालिका-१ तालघरेमा आज बिहानै पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भ्यान चालक नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे पृथ्वीराजमार्गमा अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
पुष २५, २०७८ आइतबार १०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।