२२ जिल्लामा सर्वसम्मत नेतृत्त्व चयन: कतै सहमतिको प्रयास जारी, कतै निर्वाचन

२२ जिल्लामा सर्वसम्मत नेतृत्त्व चयन: कतै सहमतिको प्रयास जारी, कतै निर्वाचन

काठमाडौंः नेकपा एमालेको जारी जिल्ला अधिवेशनबाट धमाधम नेतृत्त्व चयन भइरहेको छ। गत शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेको अधिवेशन देशका ६१ जिल्लामा जारी छ। 

यस्तै ६१ मध्ये २२ जिल्लामा नेतृत्त्व चयन भइसकेको छ। एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले हालसम्म सर्वसम्मत अध्यक्ष चयन भएकाहरूको सूची सार्वजनिक गरेका छन्।

यी हुन् सर्वसम्मत अध्यक्ष चयन भएकाहरू

१. झापा- दीपक कार्की 
२. पाल्पा- धनेन्द्रराज घिमिरे 
३. दाङ- हुकुमबहादुर बस्नेत 
४. डोल्पा- शेरबहादुर बुढा 
५. सल्यान- गोविन्द पुन 
६. बर्दिया- लालबहादुर श्रेष्ठ 
७. बॉके- किस्मतकुमार कक्षपति 
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा 
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी 
२०. कपिलवस्तु- डम्बर शर्मा 

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

यस्तै शनिबार अबेर राति रुपन्देहीमा पनि अध्यक्ष चयन भएको छ। रुपन्देहीमा तेजेन्द्र केसी जिल्ला कमिटी अध्यक्ष चयन भएका हुन्। अध्यक्ष पदका अर्का दावेदार पुरुषोत्तम घिमिरेले केसीकै नाममा सहमति जनाएपछि नेतृत्त्व सर्वसम्मत टुंगिएको हो।

यता गोरखामा पनि प्रेम गुरुङ सर्वसम्मत चयन भइसकेका छन्। 

यस्तै कैलालीमा हिजोबाटै निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। तनहुँमा पनि अध्यक्षबाहेकको पदमा निर्वाचन हुने भएको छ। 

पुष २५, २०७८ आइतबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।