कलंकीमा टिपरले ठक्कर दिँदा २४ वर्षीय वसन्तको मृत्यु

काठमाडौंः गए राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। काठमाडौंको कलंकीमा भएको दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएका छन्।
राती पौने १० बजे, बा४ख ६८४३ नम्बरको टिपरले बा१ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बझाङको फलाराका हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो।
सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुरका हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुष २५, २०७८ आइतबार ०९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।