कन्ट्याक्ट ट्रेसिङमा परेपछि सञ्चारमन्त्री कार्की पनि आइसोलेसनमा

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन्। बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै उनी पनि सहभागी भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा उनी आइसोलेसनमा बसेका हुन्।
सोही बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै आइसोलेसनमा बसिसकेका छन्। आज उनीहरूको कोरोना परीक्षण हुनेछ।
मन्त्री कार्कीको सचिवालयका अनुसार उनले शनिबारबाटै भेटघाट पूर्णरूपमा बन्द गरेका छन्।
पुष २५, २०७८ आइतबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।