एमाले अधिवेशन: गुल्मीमा काउछा सर्वसम्मत

बुटवलः नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिङ काउछा सर्वसम्मत चयन भएका छन्। शनिबार अबेर सकिएको एमालेको ११औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
त्यस्तै जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली चयन भएका छन्। उपसचिवहरूमा धर्म विश्वकर्मा र सावित्रा आचार्य चयन भएको नेकपा एमाले गुल्मीले जनाएको छ।
अध्यक्ष पदका लागि काउछा एक मात्र दावेदार थिए।
पुष २५, २०७८ आइतबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।