एमाले रुपन्देहीमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत

बुटवलः नेकपा एमाले जारी जिल्ला अधिवेशनअन्तर्गत रुपन्देहीमा तेजेन्द्र केसी जिल्ला कमिटी अध्यक्ष चयन भएका छन्। नवौं जिल्ला अधिवेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन्।
यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय सञ्योजक रहेका केसी एमाले र माओवादी एकीकृत रहेका बेला नेकपाको जिल्ला सहसञ्योजक थिए।
अध्यक्ष पदमा दावी गरेका पुरुषोत्तम घिमिरेले शनिबार राति अबेर केसीकै नाममा सहमति जनाएपछि नेतृत्त्व सर्वसम्मत टुंगिएको हो।
त्यस्तै रुपन्देही जिल्ला उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे र उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन्।
पुष २५, २०७८ आइतबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।