एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, अन्य पदमा निर्वाचन

एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, अन्य पदमा निर्वाचन

तनहुँः नेकपा एमाले तनहुँको जिल्ला कमिटी अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

श्रेष्ठ यसअघि जिल्ला उपाध्यक्ष थिए। तनहुँमा अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने भएको छ। उपाध्यक्ष एक पदमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ। यस्तै सचिव एक पदमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ।

उपसचिव दुई पदमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ। 

आइतबार बिहानसम्म दावी-विरोध, उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ।

पुष २५, २०७८ आइतबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।