मौसम अपडेट: देशभर बदली, केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली हुने भएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।
हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली भइरहेको छ भने बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। बाँकी प्रदेशका एक-दुई स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
पुष २५, २०७८ आइतबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।