गाडीभित्रै हिउँले थिचेर २१ जनाको मृत्यु

एजेन्सीः उत्तरी पाकिस्तानको मुर्रे शहरनजिक गाडीभित्रै हिउँले थिचिँदा २१ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार करिब ६ जनाको गाडीभित्र कठ्याङ्ग्रिएर मृत्यु भएको हो।
अन्यको भने कसरी मृत्यु भयो भन्नेबारे हालसम्म जानकारी प्राप्त नभएको बीबीसीले जनाएको छ।
मुर्रेमा अत्याधिक हिउँ परेपछि राजमार्ग पनि अवरुद्ध भएको छ। पाकिस्तानका गृहमन्त्री शेख रशीदका अनुसार करिब एक हजारभन्दा बढी सवारी साधन राजमार्गमै अलपत्र परेका छन्। हाल त्यहाँको सेनाले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरिरहेको छ।
हिमपात हेर्न एक लाखभन्दा बढी कारसहित पुगेका थुप्रै हाल अलपत्र परेका छन्। यस क्षेत्रलाई हाल प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ भने नागरिकहरूलाई त्यहाँ नजान आग्रह गरिएको छ।
पुष २४, २०७८ शनिबार २२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।