यी १५ जिल्ला जहाँ सर्वसम्मत चयन भए एमाले अध्यक्षहरू

सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरूमा झापा- दीपक कार्की, पाल्पा- धनेन्द्रराज घिमिरे, दाङ- हुकुमबहादुर बस्नेत, डोल्पा-शेरबहादुर बुढा, सल्यान- गोविन्द पुन, बर्दिया- लालबहादुर श्रेष्ठ, बाँके- किस्मतकुमार कक्षपति, धादिङ- भूमि त्रिपाठी, अर्घाखाँची-पीताम्बर भुसाल, मोरङ- ऋषिकेश पोखरेल, काभ्रे- अशोक ब्याञ्जु, भक्तपुर- बचन देउजा, गुल्मी- बालसिंह काउछा, खोटाङ- रामप्रसाद दंगाल र सप्तरी- ताराकान्त चौधरी रहेका छन्।
यता कैलालीमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको छ। यस्तै रुपन्देहीमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ।
योसँगै एमालेको पेशागत विशेष कमिटीको अध्यक्षमा उमेश ढकाल चयन भएका छन्। मजदूर विशेष कमिटीमा जितेन्द्र श्रेष्ठ चयन भएका छन्।
पुष २४, २०७८ शनिबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।