एमाले भक्तपुरको अध्यक्षमा देउजा: महेश बस्नेतले नाम पढे, कसैले विरोध गरेनन्

यस्तै उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाल सर्वसम्मत चयन भएका छन्।
बन्द सत्र बाहिर बसेको केन्द्रीय नेता समेतको टोलीले छलफल गरी तय गरेर ल्याएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्द सत्रका अध्यक्ष महेश बस्नेतले पढेर सुनाएका थिए। त्यसमा कसैले पनि विरोध नगरेपछि उनीहरू सर्वसम्मत चयन भएका हुन्।
देउजा यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष नै रहेका थिए।
पुष २४, २०७८ शनिबार २१:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।