बिनाकसुर तीन वर्ष जेल हालिएकी साउदीकी राजकुमारी जेलमुक्त

बिनाकसुर तीन वर्ष जेल हालिएकी साउदीकी राजकुमारी जेलमुक्त

महिलाको अधिकार र संवैधानिक राजतन्त्रको विषयमा आवाज उठाउँदै आएकी साउदी अरबकी राजकुमारी ५७ वर्षीया बस्मा बिन्त साउदलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो। स्विट्जरल्याण्डमा उपचारका लागि जानेक्रममा उनलाई गिरफ्तार गरिएको थियो।

उनी रिहाइपछि जिद्दास्थित निवासमा आएको भए पनि अन्य यात्रामा भने प्रतिबन्ध लगाइएको बताइएको छ। उनको स्वास्थ्य स्थितिको बारे पनि हालसम्म केही बताइएको छैन। 

राजकुमारी बस्मालाई साउदीको अल हइर कारागारमा राखिएको थियो। यहाँ अन्य राजनीतिक मुद्दा लगाएको कैदीहरूलाई राख्ने गरिन्छ।

पुष २४, २०७८ शनिबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।