एमाले रुपन्देहीको अध्यक्षमा केसी र घिमिरेको उम्मेदवारी

एमाले निर्वाचन आयोगका अनुसार हलमा नेतृत्त्वले प्रस्ताव गरेका तेजेन्द्र केसी र वर्तमान कार्यसमितिका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
त्यसैगरी सचिव पदमा यज्ञ गैरे र खेमप्रसाद लुईँटेलको उम्मेदवारी परेको छ। शुक्रबारदेखि भैरहवामा जारी अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्त्व चयन गर्ने भन्दै अध्यक्ष मण्डललाई नाम प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो। अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा तेजेन्द्र केसीको नाम बन्द सत्र हलमा प्रस्ताव गरेका थिए।
त्यस्तै उपाध्यक्षमा यसअघिको जिल्ला कमिटीका सचिव जागेश्वरदेवी चौधरीको नाम प्रस्ताव भएको छ। दुई जना उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीको नाम प्रस्ताव गरिएको थियो।
आज रातभरमा सहमति नभए भोलि मतदान हुने बताइएको छ।
पुष २४, २०७८ शनिबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।